माघ १ र २ गते सार्वजनिक बिदा

बुटवल – माघ १ र २ गते प्रदेश ५ मा बिदा हुने भएको छ । प्रदेश सरकारले यो दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता बैजनाथ चौधरीले सो जानकारी दिनुभयो । उहाँले पुस २९ गते मुख्यमन्त्री निवासमा माघी पर्व मनाउने बताउनुभयो । प्रदेश सरकारले गतवर्ष पनि माघ १ र २ गते सार्वजनिक बिदा दिएको थियो ।
मन्त्रिपरिषद्को बैठकले १० फागुनदेखि १२ गतेसम्म ३ दिन मुख्यमन्त्रीको गृहजिल्ला दाङमा प्रदेश स्थापना ‘एक्स्पो’ गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले गरेका गतिविधि एवं सूचना, प्रविधिसहितको प्रदर्शन एक्स्पो हुनेछ । बैठकले सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान संगठन संरचना एवं दरबन्दी स्वीकृत गरेको छ । १ निर्देशकसहित १० जनाको दरबन्दी बैठकले स्वीकृत गरेको हो ।
रुपन्देहीका इन्द्रप्रसाद पछार्ईलाई प्रदेश वन निर्देशनालयको निमित्त निर्देशकमा खटाइएको छ । प्रदेश पदक निमावली स्वीकृत, प्रदेश चलचित्र निर्माण, प्रदर्शन एवं वितरण अवधारणा पत्र स्वीकृत गर्ने निर्णय पनि भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !