१३ र २२ नम्बर विजयी

नेपालगञ्ज – वडा नम्बर १३ र २२ ले नेपालगञ्जमा जारी युनाइटेड ग्रुप दोस्रो अन्तर वडास्तरीय क्रिकेटमा जित हासिल गरेका छन् ।
वडा नम्बर १३ ले वडा नम्बर २१ लाई ४ विकेट पराजित गर्यो । टस जितेर व्याटिङ गरेको वडा नम्बर २१ ले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ३४ रन बनाएको थियो । टोलीका लागि अजमल बेहनाले ३५ रन, पुष्कर बर्माले १८ रन र शिव राज पालले १६ रन जोडे ।
१३ नम्बर वडाका शशी रञ्जन कर्णले ३ विकेट र अंकुर सिहले २ विकेट लिए ।
जवाफमा १३ नम्बरले १६.३ ओभरमा ६ विकेटको नोक्सानीमा लक्ष्य हासिल गरेको थियो । टोलीका लागि प्रतिक गिरीले ४७ रन, प्रशान्त श्रेष्ठले २९ रन र बिशाल डाँगीले १७ रन जोडेका थिए । २१ नम्बरका शिव राज पाल र कर्मट खानले समान २–२ विकेट लिएका थिए ।
खेलमा प्रतिक गिरी म्यान अफ द म्याच र शशी रंञ्जन कर्णले म्याजिकल मुभमेन्टको पुरस्कार पाए ।
अर्को खेलमा वडा नम्बर २२ ले वडा नम्बर १९ माथि ५७ रनको जित निकालेको छ । टस जितेर ब्याटिङ गरेको २२ नम्बर वडाले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २७ रन जोडेको थियो । टोलीका लागि रबिस बर्माले ३१ रन, इमरान दर्जीले २० रन र राकेश वर्माले १९ रन बनाए । १९ नम्बरका दिपेन्द्र जैसवाल र साकार विष्टले २–२ विकेट लिएका थिए । जवाफी ब्याटिङमा १९ नम्बर वडाले २० ओभरमा ५ विकेटको नोक्सानीमा ७० रनमात्र बनाउन सक्यो । टोलीका अमर बहादुर थापाले १८ र दिपेन्द्र जैसवालले १५ रन बनाए । २२ नम्बरका रबिश बर्माले २ विकेट र उदेश सहानीले १ विकेट लिए । खेलमा
रबिस बर्मा म्यान अफ द म्याचबाट पुरस्कृत भए । त्यस्तै इमरान दर्जीले म्याजिकल मुभमेन्टको पुरस्कार पाए ।


error: यो सुविधा उपलब्ध छैन !