मोदीले किन फाल्दैनन् पुरै दाह्री ?

नेपालगञ्ज – विद्यार्थी जीवनमा निकै जिद्दी स्वभावको एउटा बालक, जो गरिवी र अभावका बीच पनि आफ्नो लक्ष्यमा पुग्न जिद्दी नै गर्दछ र भविष्यमा उसको जिद्दी स्वभावलाई जनताले पनि अनुमोदन गर्ने अवस्था आउँदो रहेछ भन्ने उदाहरणका रुपमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिन सकिन्छ ।
कुनै बेला विद्यार्थी जीवनमा कक्षा कोठामा आफ्ना गुरुले दिएको गृहकार्य मोनिटरलाई बुझाउन भन्दा नमानेर गुरुलाई नै बुझाउने अड्डी कसेका थिए । उनका शिक्षक बढनगरको वीएन हाइस्कुलका प्रल्हाद भाइ पटेलले यो कुरा उल्लेख गरेका छन् । उनी कसैको प्रभावमा हतपत पर्दैनन्, उल्टै आफ्नो प्रभावमा अरुलाई समेटछन् । कक्षाको पढाइ सकेर उनी घर नफर्की राष्ट्रि«य स्वयं सेवकको क्लासमा जान्थे ।
‘द म्यान अफ द मोमेन्ट’ पुस्तकमा एमबी कामथ लेख्छन्–‘कक्षामा आफु मोनिटर जसरी भए पनि बन्ने जिद्दी गर्दै चुनाव लडेका थिए । मोदीले चुनाव पनि जिते स्कुले जीवनमा ।’ त्यस यता उनले सबै चुनाव जित्दै आए । यिनै जिद्दी स्वभावका नरेन्द्र दामोदर दास मोदी भारतका दुई पटकका प्रधानमन्त्रीसम्म बन्न सफल भएका छन् ।
भारतीय जनता पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री स्व.अटलविहारी वाजपेयीले देखेको ३ सय प्लसको भाजपाको सरकार पनि उनै मोदीको नेतृत्वमा बन्यो, लोकसभा २०१९को चुनाव जितेर ।
सानै उमेरमा घर परिवार छोडेर हिडेका मोदीको जीवन उनले कहाँ कसरी विताए उति स्पष्ट त छैन । तर ‘क्याराभान म्यागजिन २०११’ को रिपोर्टले उनको जीवनको महत्वपूर्ण लामो समय राष्ट्रि«य स्वयं सेवक संघ अर्थात आरएसएसको संगठनमा विताएको भन्ने बुझिन्छ । राष्ट्रि«य स्वयं सेवक संघको गठन १९२५ मा महाराष्ट्र«मा भएको थियो ।

सुन्नमा आए अनुसार त मोदीले झण्डै ३ वर्ष हिमालय क्षेत्रमा विताएको भन्ने पनि छ । तर कहाँको हिमालयमा कसरी भन्ने बारेमा मोदी स्वयंले समय आएपछि बताउने भन्दै आएका छन् ।
स्वामी विवेकानन्दबाट अत्यन्तै प्रभावित मोदीले पश्चिम बंगालको वेलुर मठमा केही समय विताएका थिए । सन्यासी बन्ने सोंचकासाथ त्यहाँ पुगेका मोदीलाई मठाधीशले उमेर कम भएको र थप अध्ययन गरेपछि आउनु भनेर फर्काएका थिए ।
उमेरले ८ वर्ष लाग्दा उनी आरएसएससँग जोडिन पुगेका थिए । उनले रामकृष्ण मठ एवम् मिसन राजकोटमा पनि आफ्नो जिन्दगीका केही समय विताएका थिए । त्यतिबेला नै स्वामी सुविरानन्दले उनलाई दाह्री कहिल्यै नकाट्न भनेका थिए । उनी आज पनि पुरै दाह्री काट्दैनन् ।
सन् १९४८ मा जब महात्मा गान्धीको हत्या भयो । संघमाथि प्रतिबन्ध लाग्यो । प्रतिबन्ध पछि गुजरातमा संघ कमजोर अवस्थामा पुग्यो । तर मोदी लगातार संघको प्रचारकका रुपमा खटि नै रहे ।
सन् १९५८ मा बाबुभाइ नायकको प्रचार अभियानका एक महत्वपूर्ण खम्बा जसले १९४४ मा गुजरातमा संघको शाखा स्थापना गराएका थिए । लक्ष्मण राव इमान्दार अर्थात वकिल साहेब मार्फत उनी एक प्रचारकका रुपमा जोडिए । उनको बसाई थियो, फुलटाइमर डा. हेडगेवार भवन जो आरएसएसको मुख्यालय थियो ।

त्यसैबीच उता एक दिन मोदीको घरमा एक जना जोगी पुगेर उनकी आमा हिरा वेनसँग मोदीको कुण्डली मागेर हेरेका थिए । कुण्डली हेर्दै ती जोगीले भनेका थिए रे कि शक्तिशाली नेता बन्छ कि त महान सन्यासी । यसरी मोदीको बारेमा भविष्यवाणी भएको कुरा पनि ‘द म्यान अफ द मोमेन्ट’ पुस्तकमा एमबी कामथले उल्लेख गरेका छन् ।
‘द विक पत्रिका’ का अनुसार सन् १९६८ मा जशोदा वेनसँग नरेन्द्र मोदीको पारिवारिक परम्परा अनुसार विवाह भएको थियो । तर उनी विवाहको भोलीपल्ट नै १८ वर्षको उमेरमा घर परिवार छोडेर हिंडेका थिए । तर यसपटक उनले जीवनको यात्रा एक्लै कटाउने उद्देश्यले छोडेको उनी स्वयंले विभिन्न अन्तर्वार्तामा बताउँदै आएका छन् । बढनगरको घर छाडेर उनी अहमदावाद तर्फ अघि बढेका थिए । जो उनको घरदेखि करिव ८० किलोमिटरको दूरीमा पर्छ । घर छोडेर हिंडेका मोदी ३० वर्षपटि फेरी फर्केका थिए ।
पढाईका अलावा त्यसैबेला हो सन् १९७१ को अवधिमा मोदीले नातामा काका पर्ने बाबुभाइ मोदीकोे कयान्टिनमा चिया बेच्न शुरु गरेको । लगत्तै उनले आरएसएसका साथीहरुको संगतमा अहमदावादको गीता मन्दिर नजिकै आप्mनै चिया पसल शुरु गरेका थिए । ‘द नमो स्टोरी’का लागी लेखक किथुंस नागले यो कुरा उल्लेख गरेका छन् । उतिबेला मोदीको चिया पसल आरएसएसका कार्यकर्ताहरुको जमघटको थलो बन्थ्यो । २०१४ मा निर्वाचन हुँदा काँग्रेस नेताहरुले चिया बेच्ने केटो के प्रधानमन्त्रीको चुनाव लड्छ ? भनेर व्यंग्य गरेपछि मोदीले चाय वाला भन्दै प्रचार अभियान थालेका थिए, त्यो निकै सफल पनि भयो ।
यसरी लगातार संघका लागी काम गरिरहेका मोदी सन् १९७२ सम्म पुग्दा संघको मुख्य जिम्मेवारी सम्हाल्ने सम्मका भइसकेका थिए । संघका ठूला नेताहरु आउने रेलको टिकटदेखि वासस्थानको जिम्मा उनकै काँधमा हुन्थ्यो । त्यो अनुभवले जिद्दी मोदीलाई कुशल ब्यवस्थापक पनि बनायो । भारतीय अखिल विद्यार्थी परिषदको गुजरात युनिटको प्रमुख समेत बनेका थिए मोदी । जतिवेला भारतमा नवनिर्माण आन्दोलन उत्कर्षमा थियो ।
सन् १९७५मा इन्दिरा गान्धीले संकटकाल लगाएपछि संघको गतिविधिका लागी उनले भूमिगत जीवन पनि विताएका थिए । उनको शिख भेषको यात्रा निकै चर्चित रह्यो । सन् १९७५मा गुजरातमा आयोजित संघको महत्वपूर्ण वैठक उनको जीवनका लागी एक सफल बैठक थियो । त्यो बैठकमा मोदी शिख भेष धारण गरेर बसेका थिए । थुप्रै नेता कार्यकर्ता पक्राउ परेपनि त्यही भेष बदल्न सक्ने क्षमताले मोदी सधैं सुरक्षित रहन्थे । त्यो बैठक कुशलतापूर्वक सम्पन्न गर्ने श्रेय उनलाई जान्छ ।
किसान नेताका रुपमा चर्चा कमाएका नेता जर्ज फर्नानडिजसँग उनको उठबस भयो, सोही अवधिमा । फर्नानडिज त उतिबेला सशस्त्र संघर्ष गर्ने सम्मको तयारीमा लागेका थिए ।
सन् १९७७ मा त मोदी गुजरातकालागी संघका मूख्य संयोजक नै तोकिए । लगातारको संगठनको जिम्मेवारीले उनलाई थुप्रै नेताहरुसँग नजिक भएर काम गर्ने अवसर पनि मिल्यो । पछि १९८७ मा त उनी भारतीय जनता पार्टी गुजरातको सचिव नै चयन भए । उनलाई त्यो भूमिका दिलाउनेमा मुख्य हात तत्कालिन संघ प्रमुख वालासाहेव देवरसको थियो ।
त्यतिबेलाका चर्चित पत्रकार देवेन्द्र पटेलले उनलाई सुपरिचित मिनिष्टर भनेर समाचार समेत लेखेका थिए । तर मोदी मन्त्री थिएनन् । सचिव भएपछि उनले आरएसएसको कार्य कौशलताको प्रयोग गर्दै भाजपाका थुप्रै नेताहरुसँग लविङको राजनीति सिके ।
सन् १९९५मा गुजरातमा केशुभाइ पटेलको नेतृत्वमा बनेको भाजपाको पहिलो स्टेट सरकार शंकर सिंह बाघेलासँगको आन्तरिक किचलोमा परेपछि त्यसको दोष मोदीको टाउकोमा परेको थियो । जतिबेला १ सय २१ जना सासंद मध्ये धेरैको समर्थन भएपनि बाघेला मुख्यमन्त्री बन्न सकेनन् । ती दुई नेताबीचको सम्बन्ध विग्रनुमा मोदीको भूमिका रहेको भन्दै उनलाई दिल्ली तानिएको थियो । मोदीलाई हिमाचल लगायतका ५ राज्यको जिम्मेवारी सहित राष्ट्रि«य सचिव बनाएर गुजरातबाट हटाइएको थियो ।
करिव ६ वर्ष पार्टीले उनलाई दिल्लीमा राख्यो । त्यो समय लालकृष्ण आडवाणी र प्रमोद महाजन जस्ता ब्यक्तिहरुसँग उनले काम गर्नुपरेको थियो । उनी दिल्ली भए पनि अमित शाह लगायतको टिम उनले गुजारतमा बनाइसकेका थिए । त्यसबीच वाजपेयीको १३ दिनको सरकार मात्रै होइन, १३ महिनाको वाजपेयी नेतृत्वको एनडीए सरकारको गतिविधि उनले नजिकबाट नियाल्ने मौका पाए । त्यही अवधिमा उनले भारत पाकिस्तान सम्बन्धबारे थुप्रै रणनीति, उच्चकोटीको ज्ञान र सूचना समेत सकंलन गरे ।
वर्ष १९९८ मा भाजपाका अध्यक्ष कुशाभाउ ठाकरेले मोदीलाई महासचिव
बनाए । उनी संगठनमा लालकृष्ण आडवाणी र प्रमोद महाजनमाथि विस्तारै हावी हुन थाले ।
२६ जनवरी २००१ को महाविनाशकारी भूकम्पले गर्दा बनेको परिस्थितिले मोदी फेरी गुजरात फर्किए । कारण थियो तत्कालिन मुख्यमन्त्री पटेलले भूकम्प पछिको समयमा राम्रो काम गर्न सकिरहेका थिएनन् । चुनावलाई मध्येनजर गर्दै उतिबेलाका प्रधानमन्त्री वाजपेयीले मोदीलाई गुजरात खटाएका थिए । आरएसएसका फुलटाइम कार्यकर्ता रहेका मोदीलाई पार्टीले पहिलोपटक चुनावको ठूलो जिम्मेदारी सहित मुख्यमन्त्रीको उम्मेदवार बनायो । सन् २००१मा पहिलो पटक मुख्यमन्त्री भएपछि २७ फेब्रुअरी २००२ मा सामरवती एक्सप्रेस रेलमा लगाइएको आगो र त्यसपछिको दंगामा करिव १२ सय जनाले ज्यान गुमाएको घट्नाले नरेन्द्र मोदीलाई थुप्रै समस्याको सामना गर्नु परेको थियो । त्यही अदालती केशका कारण मोदीलाई अमेरीका भ्रमणकालागी भिसा मिलेन । उक्त घट्नामा मर्नेहरुमध्ये करिव ७० प्रतिशत मुसलमान थिए । उक्त घट्नामा मोदी दोषी रहेको आरोप लागेपछि उनकोे छवी मुसलमान विरोधी भनेर संसार भरी नै प्रचार भयो ।
सोही घट्नालाई आधार बनाएर सन् २००६मा मोदी सहित ६२ जनालाई दंगा फैलाएको र नियन्त्रण गर्न प्रयास नगरेको आरोप सहित मुद्दा दायर भएको थियो । सन् २००८ मा भारतको सुप्रिम कोर्टले घटनाको जाँच गरेको थियो । २०१० मा आएर मात्रै मोदीले अदालतबाट क्लिन चिट पाए ।
गुजरातमा ४ पटकसम्म मुख्यमन्त्री रहँदा विकासप्रेमी नेताको छवि समेत बनिसकेको थियो । मोदीलाई सन् २०१३ को सेप्टेम्बरमा लोकसभा २०१४का लागी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेपछि उनी फेरी एकपटक लाइमलाइटमा आएका थिए ।
सन् २००९मा लोकसभा चुनाव हारेको भाजपाका नेता लालकृष्ण आडवाणी सहितका नेताहरु त्यो निर्णयबाट सन्तुष्ट थिएनन् ।
तर उनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन मूख्य भूमिका पार्टीका पूर्व अध्यक्ष नीतिन गडकरीले खेलेको कुरा पत्रकार जयंतो घोष बताउँछन् । कारण थियो गडकरीको आरएसएसमा राम्रो पकड थियो । गडकरी स्वयं पनि नागपुरबाट प्रतिनिधित्व गर्दथे । र, आरएसएसको हेड क्वार्टर पनि नागपुरमै छ । गडकरी र मोदीलाई साथ दिनेमा राजनाथ सिंह र अमीत शाहको भूमिका अहम् थियो । २०१३ को मोदीको उम्मेदवारी अस्वीकार गर्दै एनडिएको एक घटक विहारको जनतादल युनाइटेडका नेता नीतिश कुमारले समीकरणबाट अलग्गिएको घोषणा गरेका थिए । यद्यपी भाजपा नेतृत्वको एनडिएले २०१४को चुनाव जित्यो । १७ सेप्टेम्बर १९५०मा जन्मिएको एउटा स्कुले जिद्दी बालक आप्mनो जिद्दी स्वभाव र लगातारको सांगठनिक परिश्रमले नै भारतको प्रधानमन्त्रीसम्म बन्न पुगे । त्यो पनि एक पटक मात्रै होइन २०१९को चुनाव जितेर दुइ पटक सम्म । भारतमा नेहरु–गान्धी बाहेक लगातार दोश्रो पटक सरकारको नेतृत्व गर्ने उनी पहिलो गैर काँग्रेसी प्रधानमन्त्री समेत हुन् ।
तर भारतमा मोदी मिडिया र प्रेसका विषयमा स्पष्ट छैनन् भन्ने रोप पनि छ । चुनावी प्रचारका दौरान उनले धेरै पटक मिडियालाई पूर्वाग्रही भनेर ठाडो आरोप पनि लगाए । अन्तर्वार्ताका दौरान पत्रकारहरुमाथि मिडिया पूर्वाग्रही भएको ठाडै आरोप पनि लगाए मोदीले । त्यसैगरी हालै मात्रै संसदीय दलको नेता चुनिएपछिको आफ्नो सम्बोधनमा पार्टीका नेता तथा कार्यकर्ताहरुलाई मिडियादेखि टाढै रहन सुझाए । आखिर उनी मिडियाप्रति किन अनुदार त ? यो प्रश्नको जवाफ उनी स्वयंले सायद भविष्यमा देलान वा गर्भ मै रहला यो विषय । यसले उनी एक जिद्दी स्वभावका ब्यक्ति हुन भन्ने देखाउँछ । उनी आफुले चाहँदा मात्रै साक्षातकार हुन्छन्, सञ्चार माध्यममा ।
कुनै बेला सन्यासको बाटोमा हिंडी सकेका जिद्दी स्वभावका मोदी फेरी राजनीतिक यात्रामा फर्किए । अहिले राष्ट्रवादी नेताको अनुहार बनेको छ उनको । विकास प्रेमी प्रधानमन्त्रीको प्रशंसा र हिन्दूवादी छवि पनि छ, मोदीको । विद्यालयमा कक्षाको जिद्दी मोनिटरदेखि गुजरातको मुख्य मन्त्री हुँदै प्रधानमन्त्री बनेका नरेन्द्र मोदीको दोस्रो कार्यकालमा उनी कति जिद्दी देखिनेछन् त्यो हेर्न बाँकी नै छ । तर संकेतका रुपमा जम्मु कश्मिरबाट धारा ३७० र नागरिकता संशोधित विधेयकले उनको छवि स्पष्ट पार्दै लगिरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !