चेपुवामा ‘पंगा’

एजेन्सी– कंगना रनौटको चलचित्र ‘पंगा’ले बक्सअफिसमा कमजोर सुरुवात गरेको छ ।
‘पंगा’ले पहिलो दिन शुक्रबार २ करोड ७० लाख रुपैयाँको व्यापार गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी दिएका छन् ।
अश्विनी अय्यर तिवारीको निर्देशनमा बनेको ‘पंगा’मा कंगनाका साथै जस्सी गिल, ऋचा चड्डा, नीना गुप्ता लगायतको अभिनय छ । ‘पंगा’मा कंगना एक कबड्डी खेलाडीको रुपमा देखिएकी छन् । जसमा आमा बनिसकेपछि आफ्नो करियर अघि बढाउन संघर्षरत महिलाको कथा छ ।
‘पंगा’को कथावस्तुका साथै कलाकारको अभिनय राम्रो हुँदाहुँदै पनि शुक्रबार बाटै रिलिज भएको वरुण धवन र श्रद्धा कपूर अभिनित चलचित्र ‘स्ट्रिट डान्सर’ र जनवरी १० बाट प्रशर्दनमा आएको अजय देवगनको चलचित्र ‘तान्हाजी’ को चेपुवामा परेको विश्लेषकहरुको भनाई छ ।


error: यो सुविधा उपलब्ध छैन !