संघको मतदान शुरु : उम्मेदवारहरु लाइन बसेर मत माग्दै

नेपालगञ्ज – नेपालगञ्ज उद्योग बाणिज्य संघको मतदान शुरु भएको छ ।
दुई वटा प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारहरु लाइनमा बसेर मत मागिरहेका छन् । विहान ८ बजेदेखि शुरु गर्ने भनिएको मतदान केही समय ढिला भएर भएको थियो । मतदान ५ बजेसम्म चल्नेछ ।


समावेशी र साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका अध्यक्षका उम्मेदवारले मतदान गरिसकेका छन् । समावेशीबाट अब्दुल वाहिद मन्सुरी (चुन्ना) र साझा लोकतान्त्रिकबाट ललित रौनियारको अध्यक्षमा उम्मेदवारी रहेको छ । दुवै जनाले मतदान गरेर आफूलाई मत माग्न लागि परेका छन् ।
भेरी प्राविधिक शिक्षालय परिसरमा मत हाल्न आएका व्यापारीलाई उम्मेदवार र समर्थकले हात जोड्दै मत मागिरहेका छन् ।


समावेशीबाट उपाध्यक्ष (वाणिज्य) तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष (उद्योग) तर्फ आदेश अग्रवाल उम्मेदवार रहनु भएको छ । सदस्यमा टंक धामी, अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे, भिम रानाभाट उम्मेदवार हुनुहुन्छ ।
साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहबाट उपाध्यक्षमा तपेन्द्र विक्रम शाह र बाणिज्य उपाध्यक्षमा अमित बस्नेत उम्मेदवार रहेका छन् । अजयकुमार टण्डन, सुुनिल सिंघल, बिन्दु चर्ती मगर, टेकबहादुर खड्का, बदरुदिन अन्सारी, बिष्णुप्रसाद श्रेष्ठ, टंकप्रसाद शर्मा, मख्खनबहादुर धामी, सन्तोषकुमार बैश्य, तेजनारायण कँडेल, दिपेन्द्रराज श्रेष्ठ र सुरेन्द्र सिंह सरदार सदस्य पदका उम्मेदवार रहनुभएको छ ।
संघमा तीन हजार ४८ मतदाता रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !