शुरु भयो वडा कप क्रिकेट

नेपालगञ्ज – दुई लाख राशीको वडास्तरीय क्रिकेट प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिताको पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य मो. इस्तियाक राई र प्रदेश सांसद सुरेन्द्र हमालले बलिङ र ब्याटिङ गरेर शुरुवात गर्नुभयो ।
प्रतियोगिताको उद्घाटनपछि आयोजक गु्रप अफ सिस्टिन र नेपालगञ्ज उपमहानगरपालिकाको जनप्रतिनिधिले मैत्रीपूर्ण खेल खेलेका छन् । मैत्रीपूर्ण खेलमा आयोजक विजयी भएको छ । उसले जनप्रतितिनिधिलाई ५ विकेटले पराजित गरेको हो ।
नेपालगञ्जको मंगल प्रसाद उच्च माविको खेल मैदानमा भएको खेलमा पहिला ब्याटिङ गरेको जनप्रतिनिधिको टिमले ७९ रन बनाएको थियो । त्यसमा सुरेन्द्र गुप्ताले ११ रन र दिपक बर्माले १० रन बनाए । आयोजक टोलीका वलर सन्तोष शाहले २ ओभरमा १६ रन दिएर २ विकेट लिए । तरुण बज्राचार्यले २ ओभरमा ८ रन खर्चेर १ विकेट र किरण श्रेष्ठले २ ओभर वलिङ गर्दै १ विकेट लिन सफल भए ।
जवाफमा आयोजक गु्रप अफ सिस्टिनको तर्फबाट तरुण बज्राचार्यले सर्वाधिक २७ रन र राम श्रेष्ठले १४ रनको योगदान गरेपछि टोलीले लक्ष्य प्राप्त गरेको थियो । तरुणले २८ बलको सामना गर्दा ४ चौका र रामले ९ बलमा ३ चौका प्रहार गरेका थिए । जनप्रतिनिधिको तर्फबाट समीर प्रताप मल्लले २ ओभरमा १२ रन दिएर ३ विकेट लिए ।
युनाइटेड ग्रुप अफ कम्पनीले मुख्य प्रायोजन गरेको प्रतियोगितामा नेपालगञ्जका २३ वडाले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको बिजेताले २ लाख उपबिजेता १ लाख पाउने छन् ।


error: यो सुविधा उपलब्ध छैन !