कांग्रेसको महाधिवेशन २०७७ फाल्गुनमा

काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७७ साल फाल्गुनमा गर्ने निर्णय भएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको बहिष्कारको बावजुद पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन फाल्गुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेका हुन् ।
बैठकले पार्टीको सबै तहको कार्यकाल ७७ फागुन १९ गतेसम्म थप्ने निर्णय पनि गरेको छ । बैठकले कांग्रेसका विभागहरुलाई २८ बाट ४१ पु¥याउने निर्णयसमेत गरेको छ । शुक्रबार दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाइए पनि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्ष पार्टी कार्यालय सानेपा नै नगएपछि देउवाले साँझ ५ बजेपछि बैठक राखेर निर्णय लिएका हुन् ।
बैठकले तरुण दलको कार्यकाल चुनावका लागि ६ महिना थप्ने निर्णय गरेको छ । जितजंग नेतृत्वको कार्यकाल सकिए पनि अब कसरी अगाडि बढाउने भन्ने अन्योल कायम थियो ।
पौडेल र सिटौला पक्षले १४औं महाधिवेशन अर्को वर्ष मंसिरमा गर्न माग गर्दै आएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !