युवा सूचना केन्द्र सञ्चालन

नेपालगञ्ज – नेपालगञ्जमा महेन्द्र युवा सूचना केन्द्र सञ्चालनमा आएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं.–८ स्थित महेन्द्र पुस्तकालयमा युवा सूचना केन्द्र सञ्चालनमा ल्याइएको हो । सूचना केन्द्रको आइतबार नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले उद्घाटन गर्नुभयो ।
मेयर डा.राणाले सूचना केन्द्रबाट युवालाई आवश्यक तथा उनीहरुको जीविकोपार्जन र स्वरोजगार सम्बन्धि सूचना, सन्देश प्र्रदानमा सहज हुने बताउनुभयो । उहाँले यसको उपयोगितालाई मध्यनजर गर्दै युवाहरुका लागि थप आवश्यक सहयोग गर्न उपमहानगर तत्पर रहेको प्रतिबद्धता जनाउनुभयो
जिल्ला समन्वय समितिका बाँकेका सदस्य चेतबहादुर थापाले युवा सूचना केन्द्रमा युवाहरुलाई आकर्षित गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
नेपालगञ्ज वडा नं.७ का वडा अध्यक्ष जुम्मन खाँ, नेपालगञ्जका शिक्षा शाखा प्रमुख गोरख बहादुर थापा, सेफ द चिल्ड्रेनकी युवा सशक्तिकरण बुलगारी परियोजनाकी कार्यक्रम संयोजक फुल कुमारी चौधरी, एसडिएफका कार्यक्रम संयोजक राम श्रेष्ठ, कार्यक्रम अधिकृत बृजेश ठाकुर, सहजराम यादव, सरस्वती माध्यमिक बिद्यालय, महेन्द्र नमूना माबि र युवाहरुको बीचमा सूचना केन्द्रको स्थापना गरिएको थियो । वडा न.ं ८ को कार्यालयबाट दुुई लाख पचास हजार र सेफ द चिल्ड्रेन तथा एसडिएफबाट तीन लाख ८१ हजार गरी ६ लाख ३१ हजारको लगातमा सूचना केन्द्रको स्थापना गरिएको वडाध्यक्ष सुरेन्द्र गुप्ताले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !