कोरोनाबाट महिलाको मृत्यु
नेपालगञ्ज – नेपालगञ्जमा कोरोनाबाट ५४ वर्षीया महिलाको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० की ५४ वर्षीया महिलाको कोरोनाबाट आज विहान मृत्यु भएको छ ।
स्वास्थ्यमा समस्या आएको महिलाको माघ ३० गते स्वाव संकलन गरिएको थियो । त्यही दिन उनको रिपोर्ट पोजिटिभ आयो । त्यसपछि उनी होम आइसोलेसनमा बसेकी थिइन् । घरमै बस्दा समस्या भएपछि फाल्गुन ६ गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो । महिलाको उपचारको क्रममा आज विहान ५ बजे मृत्यु भएको फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।
बाँकेमा योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।