दुई जना फरार प्रतिवादी पक्राउ
नेपालगञ्ज – बाँके प्रहरीले दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार, चोरी मुद्दामा फरार रहेका जानकी गाउँपालिकाका ५१ वर्षीय मातादिन काँदु र वहुविवाहमा फरार खजुरा गाउँपालिका वडा नं. २ उढरापुरका विनाकुमारी खटिकलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालतले काँदुलाई चोरी मुद्दामा कात्तिक २२ गते एक वर्ष ११ महिना तीन दिन कैद र बीस हजार रुपैया जरिवानाको आदेश गरेको थियो ।
त्यस्तै, वहुविवाहमा खटिकलाई अदालतले ११ महिना १२ दिन कैदको सजाय सुनाएको थियो ।
बाँके प्रहरीले हालसम्म ५ सय १२ जना फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतमा बुझाएको जनाएको छ । केही फरार अभियुक्तहरु भारतमा लुकेर बसेको प्रहरीको भनाई रहेको छ ।