१७ जना संक्रमित थपिए
नेपालगञ्ज – बाँकेमा मंगलबार १७ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, भेरी अस्पतालमा दश र कोहलपुर मेडिकल कलेजमा ७ जना गरी १७ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोना पुष्टि भएका अधिकांश नेपालगञ्जका छन् । संक्रमितहरु कोहलपुरका चार जना, राप्तीसोनारीका दुई जना, एकजना खजुरा र बाँकी सबै नेपालगञ्जका हुन् ।
पछिल्लो दिनमा कोरोना संक्रमितको संख्या कमै देखिन्छ । जिल्ला प्रशासन कार्यालय परिसरमा साँझपख हुने जाँचबाहेक अन्यत्र जाँच गर्दा शुल्क तिर्नुपर्छ । पैसा तिर्नु भएपछि मानिसहरु लक्षण चिन्ह देखिएपछि मात्रै जचाँउन जाने गरेका छन् ।