कांग्रेस बाँकेद्वारा प्लाज्मा डोनेशन
नेपालगञ्ज – नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले निर्वाचित सरकार गैरजिम्मेवार भएकाले जनताले महामारीमा महापीडा ब्यहोरेको बताउनु भएको छ ।
नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समिति, बाँकेले शनिबार आयोजना गरेको प्लाज्मा डोनेशन कार्यक्रममा पार्टीका सहमहामान्त्री डा. महतले सरकारले जनतालाई आहत दिएको विषम परिस्थितिमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई मानिसको जीवन जोगाउने काममा सहयोग गर्न निर्देशन समेत दिनु भयो ।
प्लाज्मा डोनेशन कार्यक्रममा सहभागी हुन बाँके आइपुगेका डा.महतले चीन र भारतसँगको सम्बन्धका विषयमा सरकारले राष्ट्रियता कमजोर बनाउने काम गरेको बताउनु भयो ।
समिति बाँकेका संयोजक लक्ष्मीनारायण शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सभापति किरण कोइराला, संविधान सभा सदस्य राजीवविक्रम शाह, प्रदेश सभा सदस्य मो.याकुव अन्सारी सहितका वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए ।
भेरी अस्पतालस्थित रेडक्रसमा प्लाज्मा डोनेशनको सूचिमा रहेका ब्यक्तिहरुबाट प्लाज्मा डोनेशन जारी रहेको छ ।