नेपालगञ्ज म्याराथनमा पार्की र भण्डारी च्याम्पियन

नेपालगञ्ज – छैठौ धारा नेपालगञ्ज म्याराथनको उपाधी सशस्त्र प्रहरीका गोपीचन्द्र पार्कीले जितेका छन् । पार्कीले नेपालभित्र भएका प्रतियोगितामा नयाँ रेकर्ड कायम गरेका छन् । नेपालगञ्ज म्याराथनमा प्रथम भएसँगै पार्कीले टोकियो ओलम्पिकमा जाने पक्का गरेका छन् ।
पार्कीले २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा म्याराथन पूरा गरेका थिए । पार्की १३ औं सागका ५ किलोमिटर दौडका स्वर्णपदक विजेता पनि हुन् ।
नेपालगञ्ज म्याराथनमा आर्मीका कृष्ण बस्नेत दोस्रो स्थानमा आएका छन् । नेपालगञ्ज म्याराथनको दोस्रो संस्करणका विजेतासमेत रहेका बस्नेत छैठौमा २ घण्टा २० मिनेट ४९ सेकेन्ट दुरी पार गरेका थिए । तेस्रोमा आर्मीका खगेन्द्र भाट, चौथोमा आर्मीकै नवराज साउद, पाँचौमा आर्मीकै ज्ञानप्रसाद भट्टराई, छैठौमा सुदूरपश्चिमका मुकेशबहादुर पाल, सातौमा कालिकोटका जगदीश गिरी र आठौमा दाङका सनम घर्ति भएका छन् ।


विजेताहरुले क्रमशः ७५ हजार, ३० हजार, २० हजार, १० हजार, ८ हजार, ७ हजार, ६ हजार र ५ हजार रुपैया पाएका छन् ।
हाफ म्याराथनमा सशस्त्र प्रहरीकै पुष्पा भण्डारी प्रथम भएकी छन् । १३ औं सागमा सिल्भर मेडल विजेता भण्डारीले १ घण्टा २६ मिनेट ५४ सेकेन्डमा दुरी पार गर्दै नेपालगञ्ज म्याराथनमा प्रथम भइन् । जुम्लाकी मन्जु रावत दोस्रो भइन् । उनले एक घण्टा ३० मिनेट ७ सेकेन्डमा दुरी पार गरिन् । तेस्रोमा दाङकी शर्मिला घर्ति, चौथोमा सुदूरपश्चिमकी शकुन्तला ठगुन्ना, पाँचौमा दाङकी अनिसा चौधरी र बर्दियाकी कल्पना चौधरी छैठौ भइन् ।


हाफ म्याराथन विजेताले क्रमशः ३० हजार, १५ हजार, १० हजार, ७ हजार, ६ हजार र ५ हजार रुपैया पुरस्कार पाएका छन् ।
विजेताहरुलाई राखेपका सदस्य सचिव रमेश सिलवाल, ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपागञ्जका मेयर डा. धवलशमशेर राणा, दुग्गड गु्रपका महाप्रवन्धक प्रदीप छाजेडलगायतले पुरस्कार वितरण गरेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !