भृकुटीनगर र कारकादोका संक्रमितको मृत्यु

नेपालगञ्ज – कोरोनाबाट नेपालगञ्जका दुई जनाको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० भृकुटीनगरका ६१ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ कारकादोका १८ वर्षीया किशोरीको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, स्वास्थ्यमा समस्या भएपछि असोज २४ गते भर्ना भएका भृकुटीनगरका ६१ वर्षीय पुरुषको भोलीपल्ट कोरोना पोजिटिभ रिपोर्ट आएको थियो । उनको गएराती नौ बजे मृत्यु भएको हो । उनको भेरी अस्पतालमा मृत्यु भयो ।
त्यस्तै, कारकादोकी १८ वर्षीया किशोरीको गएराती साढे नौ बजे कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । असोज २८ गते अस्पताल पुगेकी किशोरीलाई २९ गते कोरोना पुष्टि भएको थियो ।
दुई ठूला अस्पतालमा आधा घण्टाको फरकमा दुई जनाको मृत्यु भएको छ । योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !