‘चौकीदारदेखि वकिलसम्म’ विमोचन

नेपालगञ्ज – नेपालगञ्जका चर्चित कानून व्यवसायी अधिवक्ता लोकबहादुर शाहको संस्मरणात्मक पुस्तक ‘चौकीदारदेखि वकिलसम्म’ विमोचन भएको छ ।
क्रियटिभ बुक्सले प्रकाशन गरेको अधिवक्ता शाहको पुस्तक उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका वरिष्ठतम न्यायाधीश पवनकुमार शर्माले विमोचन गर्नुभयो ।
सो अवसरमा न्यायाधीश शर्माले कितावमा शाहले गाउँ परिवेश, आफ्ना भोगाईहरु समेटेको र त्यसले नयाँ पिढीलाई प्रेरणा मिल्ने बताउनुभयो ।
नेपाल वारका वरिष्ठ उपाध्यक्ष सुनिल श्रेष्ठ र समाजसेवी शशि स्वाँरले कितावमाथि टिप्पणी गर्नु भएको थियो । दुवै टिप्पणीकारले पुस्तकमा शाहको संघर्ष, भोगाईमात्रै नभई तत्कालिन सामाजिक परिवेश समेटिएकाले नयाँ पुस्तालाई त्यो प्रेरणादायी हुने बताउनुभयो ।
क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरीले हरेक मानिसका आ–आफ्ना कथा, भोगाई हुने भएकाले पुस्तकमा लिपिबद्ध गर्दा नयाँ पुस्तालाई त्यसले प्रेरणा दिने बताउनुभयो ।


अधिवक्ता शाहले लकडाउनको समयमा आफ्ना विगतका कुराहरु श्रीमतीलाई सुनाउदा त्यसलाई पुस्तकका रुपमा उतार्दा नयाँ पुस्तालाई प्रेरणाको स्रोत बन्न सक्छ भन्ने सल्लाह पाएपछि आफूले पुस्तक प्रकाशन गरेको बताउनुभयो ।
पुस्तकको सम्पादन पत्रकार जनक नेपाल र कुमार श्रेष्ठले गर्नु भएको छ । विमोचन समारोहमा न्यायाधीशद्वय गोकर्ण डाँगी र विमल सुवेदी, नेपालगञ्जका मेयर डा. धवलशमशेर राणा, वरिष्ठ अधिवक्ता गिरिबरप्रसाद अग्रवाल, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !