सन्दिप शाह जेलमुक्त
नेपालगञ्ज – नेपाली कांग्रेस निकट तरुण दल, बाँकेका नगर सभापति सन्दिपजंग शाह रिहा भएका छन् ।
हात हतियार मुद्दामा ११ महिनादेखि पुर्पक्षका लागि जेलमा रहेका शाहलाई बुधबार अदालतले ६ महिना कैद र ५ हजार जरिवाना तोकेको थियो । अदालतले तोकेको भन्दा बढी कैद भुक्तान भइसकेकाले शाह बुधबार नै रिहा भएको अधिवक्ता लोकबहादुर शाहले जानकारी दिनुभयो ।
२०७६ कात्तिक १४ गते शाहलाई गनापुरस्थित एक रेष्टुरेन्टबाट हतियारसहित पक्राउ गरेको प्रहरी आरोप थियो । शाह चढ्ने गाडीको सीटमा हतियार फेला परेको थियो ।