मेसुलाई कोरोना

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. प्रकाश थापालाई कोरोना पुष्टि भएको छ ।
मेसु डा. थापाले ज्वरो आएपछि कोरोना परीक्षण गर्नु भएको थियो । जसको रिपोर्ट पोजिटिभ आएको छ ।
कोरोनाविरुद्धको अभियान शुरुदेखि नै सक्रिय रहनु भएका मेसु डा. थापालाई भेरी अस्पतालमै राखिएको छ । डा. थापाले कोरोनाविरुद्धको अभियानमा सक्रियपूर्वक काम गरेको भन्दै सरकारले असोज ३ गते संविधान दिवसको अवसरमा विभुषित गरेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !