रजिष्टारसहित १४ जना थपिए
नेपालगञ्ज – बाँकेमा मंगलबार १४ जना कोरोना संक्रमित थपिएका छन् ।
अदालतका रजिष्टारसहित १४ जनालाई कोरोना देखिएको हो । कोरोना लागेका विभिन्न वडाका छन् ।
भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा ३३ जनालाई कोरोना देखिदा बाँकेका १४ जना परेको कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
बर्दियामा १९ जना थपिएका छन् । बर्दियामा थपिएका सबैजसो बाँसगढी नगरपालिकाका छन् ।