थुनुवा अघिअघि, प्रहरी पछिपछि

नेपालगञ्ज – खजुरास्थित कृषि तालिम केन्द्रको आइसोलेसनबाट भागेका बाँके प्रहरीका थुनुवा अझै फेला पर्न सकेका छैनन् ।
बाँके प्रहरीले थुनुवालाई खोज्न टोली परिचालन गरेपनि अझै उनको सुइको पाउन सकेको छैन । लागु औषधी कोरेक्सका थुनुवालाई भदौ ५ गते कोरोना देखिएपछि खजुरास्थित कृषि तालिम केन्द्रको आइसोलेसनमा पठाइएको थियो । त्यही आइसोलेसनबाट भदौ ७ गते थुनुवा भागेका थिए । नेपालगञ्ज निवासी थुनुवा कहाँ पुगे पत्ता लागेको छैन ।
थुनुवा पुग्न सक्ने संभावित ठाउँमा प्रहरी पुगिरहेको छ । यो क्रममा बाँके प्रहरीले छिमेकी जिल्लामा पनि पुगेको छ । थुनुवा भने भेटिएका छैनन् । थुनुवा अघिअिघि र प्रहरी पछिपछि भइरहेको देखिएको छ ।
५ सीसी कोरेक्सका दुई अभियुक्तमध्येका एक थिए, थुनुवा । थुनुवा भागेपछि आइसोलेसनको सुरक्षार्थ खटिएका प्रहरीलाई कारबाहीको दायरामा ल्याइएको छ । बाँके प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले टोली लागिरहेकाले थुनुवा पक्राउ पर्ने विश्वास व्यक्त गर्नुभयो ।
भागेका थुनुवा कोरोना मुक्त हुने समय पुग्न थालेको छ । तीन दिनपछि उनी स्वतः डिस्चार्ज हुन्छन् । भागेकै अवस्थामा डिस्चार्ज हुने उनी दोस्रो व्यक्ति हुने लक्षण देखिएको छ । यसअघि जोगागाउँ आइसोलेसन सेन्टरबाट भागेका नेपालगञ्ज–१२ का एक व्यक्ति पक्राउ नपरेरै डिस्चार्ज भएका थिए । डिस्चार्ज भएपछि उसलाई खोजी गर्न छोडिएको थियो । यी थुनुवाको हकमा भने डिस्चार्ज भएपनि बेवास्ता हुँदैन । किनकी, उनी प्रहरीका थुनुवा हुन् ।


error: यो सुविधा उपलब्ध छैन !