बाँकेमा डाक्टरसहित २८ थपिए
नेपालगञ्ज – बाँके र बर्दियामा गरेर ४२ जना कोरोना संक्रमित थपिएका छन् ।
भेरी अस्पताल, नेपालगञ्जका अनुसार, बाँकेका २८ र बर्दियामा १४ जना कोरोना संक्रमित पुष्टि भएको छ ।
नेपालगञ्ज मेडिकल कलेजमा काम गर्ने एकजना चिकित्सकलाई पनि कोरोना भएको छ । नेपालगञ्जका विभिन्न वडाका मानिसहरु संक्रमितको लिष्टमा रहेका छन् ।