खजुराबाट ५ सय एकजना घर फर्किए

खजुरा – बाँकेको खजुराका क्वारेन्टिनबाट ५ सय एक जना घर फर्केका छन् ।
खजुराका विभिन्न क्वारेन्टिनबाट समय अवधि पुगेर आरडीटी र पीसीआर जाँचपछि रिपोर्ट नेगेटिभ आएका ५ सय एक जना घर फर्किएका हुन् ।
स्वास्थ्य शाखा प्रमुख पूर्ण खड्काका अनुसार, २ सय ७१ जनाको आरडीटी र ५ सय १० जनाको पीसीआर जाँच गरिएको थियो । बिहीबार र शुक्रबार जाँच गरिएको आरडीटीमा १८ जनाको पोजेटिभ देखिएपछि पीसीआर गरिने खड्काले बताउनुभयो । क्वारेन्टिनमा रहेका र अन्यको समेत गरिएको पीसीआर जाँचमा ५ जनाको कोरोना पोजेटिभ देखिएको थियोे । स्वास्थ्य प्रमुख खड्का अनुसार २१ र २२ गते संकलन गरिएको रिपोर्ट नतिजा आएको छैन । खजुरामा जाँचलाई तीव्रता दिइएको छ ।
शुक्रबार मात्र एक सय ४ जना घर फर्किएका छन् । हालसम्म १ हजार २ सय ४६ जना क्वारेन्टिनमा रहेको जनाएको छ । २५ क्वारेन्टिन निर्माण गरिएकोमा २४ वटामा मानिस बस्दै आएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !