निषेधाज्ञामा नाराजुलुश
नेपालगञ्ज – पश्चिम रुकुमको सोतीमा भएको घटनाका दोषीलाई कारबाही गर्न माग गर्दै नेपालगञ्जमा प्रदर्शन गरिएको छ ।
संयुक्त दलित संघर्ष समिति, बाँकेले जेठ १० गते पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोती गाउँमा अन्तजातीय विवाह सम्बन्धका कारण नवराज विकलगायत ६ जनाको विभत्स हत्याकाण्डका दोषीहरुलाई तुरुन्त सार्वजनिक गरी सर्वस्वहरणसहित आजीवन काराबासको सजाय माग गर्दै प्रदर्शन गरेको हो ।
धम्बोझीचोकदेखि शुरु भएको प्रदर्शन वीपीचोक, गणेशमानचोक हुँदै जिल्ला प्रशासन कार्यालय पुगेको छ । जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ । प्रदर्शनका क्रममा नाराजुलुश गरिएको थियो । बाँकेमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।