मनकारी जुटाउँदै राहत बाँड्दै

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले भाडामा बस्ने मजदुरको तथ्यांक संकलन गरेर राहत दिने तयारी गरिरहेको बेलामा वडा नं. १८ का अध्यक्ष दीपक बर्माले मनकारी खोज्दै राहत सहयोग गरिरहनु भएको छ ।
विभिन्न व्यक्ति तथा संघ संस्थाको सहयोगमा वडाध्यक्ष बर्माले हालसम्म आफ्नो वडामा बस्ने २ सय ६० जना दैनिक ज्यालादारी मजदुरलाई सहयोग गर्नु भएको छ । ‘नेपालगञ्ज उपमहानगरपालिकाबाट आउने राहतका लागि तथ्यांक पनि संकलन हुँदैछ, हामीले आफ्नै पहलमा सहयोगीदाता खोजेर राहत दिने काम पनि गरिरहेका छौं, वडाध्यक्ष बर्माले भन्नुभयो, रिक्साचालक, ठेलाचालकहरुलाई सहयोग गरिरहेको छु ।’
वडाध्यक्ष बर्माका अनुसार, सिविन नेपालले एक हजार पाँच सय किलो चामल, २ सय २५ किलो दाल, ११ पेटी तेल, २ सय २८ वटा साबुन, २ सय २८ वटा दाँत माभ्mने ब्रस र मञ्जन तथा मास्क सहयोग गरेको छ । नयन केसीले १० हजार, दिनेश केशरवालले आठ हजार, मख्खन धामीले पाँच हजार एक सय, सञ्जय थापाले पाँच हजार, ब्राइट होप एकेडेमीले ६० किलो दाल, विष्णु लामिछानेले चार हजार दुई सय, होटल सिद्धार्थभ्यूले एक क्वीन्टल चामल, चौधरी फ्रेस हाउसका भिम चौधरीले ५० किलो चामल, सफल मोटर्सका राजकुमार गिरीले दुई हजार रुपैया सहयोग गर्नुभएको छ । १० किलो चामल, ५ किलो पिठो, दाल २ किलो, २ किलो आलु, एक पोका तेल, एक पोका नुन विपन्न ब्यक्तिलाई सहयोग गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !