श्रीमानको कुटाईले श्रीमतीको मृत्यु

नेपालगञ्ज – बाँकेको बैजनाथ गाउँपालिकामा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ ।
बैजनाथ–२, पहाडीपुरका पहलमानसिंह मगरले घरायसी विवादमा कुट्दा श्रीमती दिलमाया मगरको मृत्यु भएको हो ।
घटनास्थलमा पुगेको प्रहरीका अनुसार, चैत्र ३० गते मदिरासेवनको विषयमा श्रीमान र श्रीमतीको झगडा भएको थियो । त्यसक्रममा आवेगमा आएर पहलमानले श्रीमतीलाई धक्का दिए र लठ्ठीले हाने । श्रीमतीको टाउको भित्तामा ठोक्कियो । घटना दिउँसोको थियो । त्यो दिन उपचार गर्न गएनन् । भोलीपल्ट एक गते पनि अस्पताल गएनन् । टाउकोमा गहिरो चोट लागेकाले आज २ गते विहान श्रीमानले नै उपचारका लागि अस्पताल लगेका थिए । तर, उनको मृत्यु भयो ।
इलाका प्रहरी कार्यालय, कोहलपुरको टोलीले पहलमानसिंहलाई नियन्त्रणमा लिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !