पुस ५ गतेदेखि नेपालगञ्ज महोत्सव
नेपालगञ्ज – एजी सर्भिस प्रालीले पुस ५ गतेदेखि १७ गतेसम्म नेपालगञ्ज महोत्सव गर्ने भएको छ ।
सचिवालय संयोजक नन्दबहादुर बुढाका अनुसार, कृषि प्रवद्र्धन व्यापारिक तथा रोजगार पूर्वाधार भन्ने मूल नाराका साथ नेपालगञ्जमा छैठौ नेपालगञ्ज महोत्सव गर्न थालिएको छ ।
कारकादोमा रहेको सडक डिभिजन कार्यालयको परिसरमा महोत्सव आयोजना गरिदैछ । महोत्सवमा कृषिलाई विशेष प्राथमिकता दिदै पर्यटन, औद्योगिक व्यापार तथा सांस्कृतिक प्रदर्शनी राखिएको बुढाले बताउनुभयो ।
आयोजकले तीन सय वटा स्टल रहने र त्यसमा ५० वटा स्टल कृषि तथा पशुपंक्षी, उद्यमी, लघुउद्यमीको रहने बताएको छ । तीन लाखबढी दर्शकले अवलोकन गर्ने आशा गरिएको महोत्सवमा सय र ८० रुपैया दरका टिकट राखिएको छ ।