रौनियारको नेतृत्वमा साझा लोकतान्त्रिक
नेपालगञ्ज – पुराना व्यवसायी ललितकुमार रौनियारको नेतृत्वमा साझा लोकतान्त्रिक उद्योगी व्यवसायी समूह बनेको छ ।
नेपालगञ्ज उद्योग बाणिज्य संघको भदौ २ गते हुने निर्वाचनमा रौनियारको नेतृत्वमा प्रजातान्त्रिक व्यवसायी मैदानमा उत्रिएका हुन् । यो समूहमा बाणिज्य उपाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्षमा मो. सफिक बेहना, महिला उपाध्यक्षमा करिष्मा योगी, महासचिवमा टंकप्रसाद शर्मा, उपमहासचिवमा टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खनबहादुर धामी रहेका छन् ।
सार्वजनिक गरिएको सदस्य उम्मेदवारमा शिवप्रसाद दाहाल, सन्तोषकुमार पौडेल, विवेककुमार श्रेष्ठ, सुनिल भण्डारी, युवराज ढकाल, प्रमोदकुमार अग्रवाल, पदम श्रेष्ठ, कैफुलबरा जोलाह, अतुलकुमार गुप्ता, बलबहादुर विष्ट (बबी) रहेका छन् । एशोसियट सदस्यमा प्रदीपकुमार गुप्ता र पुरुषोत्तम अग्रवाल तथा बस्तुगत सदस्यमा हिमनाथ पौडेल र विनय श्रेष्ठ रहेका छन् ।
संघमा चार हजार ९ सय ३१ जना सदस्य छन् । साधारणतर्फ चार हजार ७ सय २०, एशोसियसटतर्फ १ सय ८२ र सम्बद्धमा २९ सदस्य रहेका छन् ।
विधान परिवर्तन गरेर यसपाली महिला उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष पद राखिएको छ । यसअघि अध्यक्ष र दुई जना उपाध्यक्ष हुन्थ्यो भने सदस्यमध्येबाट महासचिव, उपमहासचिव र कोषाध्यक्ष चयन गरिन्थ्यो ।