सुन काण्डमा सरकारको मिलोमतो हुन सक्छ : ओली

नेपालगञ्ज – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्वीन्टलबढी सुन भित्रिएको घटनामा सरकारको मिलोमतोको आशंका गरेका छन् ।
नेपालगञ्जमा शुरु भएको लुम्बिनी प्रदेशस्तरीय जनप्रतिनिधिको भेला तथा प्रशिक्षणमा बोल्दै अध्यक्ष ओलीले सरकारको जानकारी बिना यति धेरै सुन भित्रिन सम्भव नभएको बताए ।
अध्यक्ष ओलीले प्रश्न गरे, एक÷दुई किलो सामान लिएर आउदा भन्सार तिर्नुपर्ने ठाउँमा एक सय केजी सुन कसैले थाहै नपाई मेसिन पनि सुतेका बेला मानिस पनि सुतेका बेला जाँचकीलाई पनि छक्याएर फुत्त आयो त ? ओलीले सरकारले सुन काण्डमा नैतिक जिम्मेवारी लिनु पर्ने बताए ।
अध्यक्ष ओलीले अपवित्र गठबन्धनबाट बनेको सरकारले सुशासन दिन नसक्ने टिप्पणी गरे । उनले यो सरकारले मुलुकलाई आर्थिक रुपमा टाट पल्टाएको आरोप लगाए ।
दुई दिने प्रशिक्षणमा नेताहरु विष्णु पौडेल, पदमा अर्याललगायत आएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !