बाख्रा चराउन गएका ६ जना राप्ती नदीमा फसे, उद्वार गर्दै
नेपालगञ्ज – बाख्रा चराउन गएका ६ जना मानिस राप्ती नदीमा फसेका छन् ।
बाख्रा चराएर फर्किने क्रममा एक्कासी राप्ती नदी बढेपछि राप्तीसाेनारी-२, टिकुलीपुरमा एक पुरुष र पांच महिला फसेका हुन् । उनीहरु टापुमा बसेका छन् । उनीहरुकाे बाख्रा पनि त्यही छ ।
बांके प्रहरी प्रबक्ता नारायण डांगीका अनुसार, फसेका मानिसकाे उद्वार गर्न उद्वार सामाग्रीसहित प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीकाे टाेली घटनास्थल पुगेका छन् ।
बाढीमा फस्नेमा दलबहादुर पुन, दिलसरा थापा, खली खत्री, दिलकुमारी कनाै, दिलिसा थापा र ममता पुन रहेका छन् ।
निरन्तर पानी परिरहेकाले राप्ती नदीकाे सतह बढेकाे छ ।