राप्तीमा बाढीसम्बन्धी कृत्रिम घटना अभ्यास

नेपालगञ्ज – जिल्ला विपद व्यवस्थापन समिति, बाँकेको आयोजनामा राप्ती नदीमा बाढी सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ ।

नेपाली सेनाको बज्रदल, सशस्त्र प्रहरी बल ३० नम्बर हेडक्वाटर, जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटीको साझेदारी र डुडुवा गाउँपालिकाको समन्वयमा राप्ती नदीमा बाढी सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको हो ।

बाढी प्रभावित क्षेत्रमा हुन सक्ने जोखिमलाई न्यनीकरण गर्नका लागि पूर्वसूचना प्रणाली, सुरक्षा संयन्त्र र सरोकारवाला निकायका बीचको समन्वयलाई चुस्तदुरुस्त राख्नका लागि यस्ता अभ्यास गर्ने गरिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, डुडुवा गाउँपालिकाका उपाध्यक्ष साहिदा बानो, बज्रदल गण, राँझाका गणपति श्याम आत्रेय पौडेलले यस्ता अभ्यासले साधन स्रोतको परीक्षण, जनशक्तिको परिचालन र सरोकारवाला निकायका बीचमा समन्वय गराउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

केही मान्छेलाई नदीमा पस्न लगाएर उनीहरुलाई सुरक्षा निकायले उद्धार गर्ने, रेडक्रसले प्राथमिक उपचार गरेर एम्बुलेन्समा अस्पताल पु¥याउने अभ्यास गरिएको थियो ।

कार्यक्रममा बाँकेका एसपी सन्तोषसिंह राठौर, सशस्त्र प्रहरीका एसपी रमेश शाही, अनुसन्धानका एसपी मोहन कुँवर, रेडक्रसका अध्यक्ष गोवद्र्धनसिंह सम्झनालगायतको उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !