बहुउद्देश्यीय सेल्टर भवन बन्ने

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ मा बहुउद्देश्यीय सेल्टर भवन बन्ने भएको छ ।
वडा नम्बर १३ उदयपुरस्थित स्वास्थ्य चौकी भवन परिसरमा नगर प्रमुख प्रशान्त विष्टले आज बहुउद्देश्यीय सेल्टर भवनको शिलान्यास गर्नुभएको छ । आगामी एक बर्षभित्र निर्माण सम्पन्न गर्ने गरी भवन शिलान्यास गरिएको हो ।
एसियाली विकास बैंक (एडिबी) मार्फत जापानी संस्था जेएफपिआरको लागत अनुदानमा खानेपानी मन्त्रालय र नेपालगञ्ज उपमहानगरपालिकाले बहुउद्देश्यीय सेल्टर भवन निर्माण गर्न लागेका हुन् । भवन निर्माणको जिम्मा सगरमाथा- विडारी जेभीले पाएको छ । करिब १ करोड ७९ लाखको लागतमा भवन बन्न लागेको हो ।
‘मिनी अस्पताल’ को अवधारणामा बन्न लागेको उक्त बहुउद्देश्यीय भवनमा अक्सिजन सिलिन्डरसहितको १६ बेड रहनेछ ।
कोभिड लगायत महामारी र विपतसंगै अन्य नियमित क्रियाकलापहरुमा प्रयोग गर्ने उद्देश्यसहित बहुउद्देश्यीय सेल्टर भवन बनाउन लागिएको नगर प्रमुख विष्टले बताउनुभयो । शिलान्यास कार्यक्रममा उपप्रमुख कमरुद्दिन राई पनि उपस्थित हुनुहुन्थ्यो ।

error: यो सुविधा उपलब्ध छैन !