विश्वनाथटोलको सार्वजनिक जग्गा संरक्षण

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं. १ ले विश्वनाथटोलमा रहेको सरकारी जग्गा संरक्षण गरेको छ ।

करिव एक कठ्ठा रहेको सार्वजनिक जग्गालाई संरक्षण गर्दै तारबार गर्ने तयारी भएको वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिनुभयो । वडाध्यक्ष रिजालका अनुसार, उक्त जग्गाबाट ढाई मिटरको बाटो निकाल्ने योजना रहेको छ । जसले गर्दा त्यहाँ घर रहेकालाई हिड्न सहज हुन्छ ।

उक्त जग्गा संरक्षण गर्न नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, उपमेयर कमरुद्दिन राईलगायतको टोली घटनास्थलमा पुगेको थियो । केही अतिक्रमण भएको उक्त जग्गालाई वडा नं. १ ले क्लियर गरिसकेको छ । वडा नं. १ ले अन्यत्रका सार्वजनिक जग्गा पनि संरक्षण गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !