चार जनालाई कोरोना
नेपालगञ्ज – भारतबाट आएका चार जनालाई कोरोना पुष्टि भएको छ ।
नेपालगञ्ज नाकामा शनिबार जाँच गरिएका एक सय दुई जनामध्येमा चार जनालाई कोरोना भएको हो ।
उनीहरु भारतको विभिन्न शहरबाट आएका हुन् । भारतबाट आएका व्यक्तिलाई नेपालगञ्ज नाकामा कोरोना जाँच गर्ने गरिन्छ । कोरोना पुष्टि भएकालाई सम्झाएर पठाउने गरिन्छ । भारतमा कोरोनाका संक्रमित बढेसँगै नेपालमा त्यसको असर देखिएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट भारतमा काम गर्न जाने नेपालीमा घर फर्किदा कोरोना संक्रमण देखिने गरेको छ ।
भारतबाट फर्किने नेपालीलाई जाँच गर्न नेपालगञ्ज नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ । २०७७ सालमा स्थापना गरिएको हेल्थ डेस्कले एक लाख बढीको जाँच गरिसकेको छ ।