युवक संगठनकाे रक्तदान

नेपालगञ्ज – राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन, लुम्बिनी प्रदेशकाे अायाेजनामा रक्तदान गरिएकाे छ ।

संगठनका लुम्बिनी संयाेजक हुकुम केसीका अनुसार, दिनभरी चलेकाे कार्यक्रममा ७० जनाले रक्तदान गरेका छन् ।

पार्टीका सह-महामन्त्री ऋषि देवकाेटा, केन्द्रीय सदस्य अाेमप्रकाश अाजादलगायतले रक्तदान गरेका थिए ।

नेपालगञ्जमा देखिएकाे रगतकाे अभावलाई मध्येनजर गर्दै रक्तदान गरिएकाे हाे । पश्चिम क्षेत्रका ठूला अस्पताल नेपालगञ्जमा रहेकाले प्राय: बिरामी यही अाउने गर्दछन् । ती बिरामीलाई रगतकाे अावश्यक पर्ने गर्दछ ।


error: यो सुविधा उपलब्ध छैन !