सि.सं. २४ मा सर्वोत्कृष्ट भए मानबहादुर

नेपालगञ्ज – नेपाली सेनाको श्री नं. ४ बाहिनी अड्डा, इमामनगर ब्यारेक, राँझामा सञ्चालन भएको सि.सं. २४ सैन्य आधार तालिममा कैलालीका मानबहादुर मगर सर्वोत्कृष्ट भएका छन् ।

२०७८ फाल्गुन २५ गतेदेखि सञ्चालित तालिमको बुधबार आयोजित अन्तिम दलेल कवाजमा सर्वोत्कृष्ट भएका मगरलाई पुरस्कृत गरिएको छ । सैन्य तालिममा ५ किलोमिटर दौडमा मुकेशबहादुर शाही, अब्स्ट्रयाकलमा सागर चौधरी, फायरिङमा रोशन तामाङ, म्यापरिडिङमा विशाल विष्ट, अनुशासनमा अर्जुनराम टमटा र ड्रिलमा अमित विष्ट प्रथम भएका छन् ।

श्री नं. ४ बाहिनी अड्डा, इमामनगर ब्यारेक, राँझाका बाहिनीपति सहायक रथी उत्तम विष्टले सर्वोत्कृष्टसहित विधागत प्रथम हुनेलाई पुरस्कृत गर्नुभयो ।

सो अवसरमा बाहिनीपति विष्टले सिपाही भएका सैन्यलाई राष्ट्र, जनता र नेपाली सेनाप्रतिको जिम्मेबारी बढेको बताउनुभयो ।

सैन्य आधार तालिमको अन्तिम दलेल कवाज कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, बज्र दल गणका गणपति श्याम आत्रेय पौडेल, एसपीद्वय सन्तोष राठौर र जनक बस्नेतलगायतको उपस्थिति थियो ।


error: यो सुविधा उपलब्ध छैन !