विपन्न बिद्यार्थीलाई स्वीटर र शैक्षिक सामाग्री बितरण


नेपालगञ्ज – बांकेको कोहलपुरस्थित नेपाल आधारभुत बिद्यालय चट्टारका गरिब तथा बिपन्न परिवारका ९३ जना बिद्यार्थी स्टवीर र शैक्षिक सामाग्री बितरण गरिएको छ ।
अत्याधिक जाडो र शित लहर चले पनि न्यानो कपडा नहुंदा समस्यामा परेका गरिब तथा बिपन्न परिवारका बिद्यार्थीलाई कोहलपुरस्थित बागेश्वरी एकेडमी ब्यबस्थापन समितिका अध्यक्ष किशन गुरुङले स्वीटर र शैक्षिक सामाग्री उपलब्ध गराउनु भएको हो ।
आर्थिक अभाबका कारण न्यानो कपडा नहुंदा समस्यामा परेका बिद्यार्थीलाई सहज रुपमा पठन पाठन गर्न सहयोग पुर्याउने उद्देश्यले स्वीटर र कपी बितरण गरिएको अध्यक्ष गुरुङले बताउनु भयो ।
बागेश्वरी एकेडमीले आफ्नो बिद्यालय नजिकै रहेको सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीको पठन पाठनमा सहयोग पुर्याउने उद्देश्यले १ लाख ५० हजारको लागतमा फिल्टर सहित तातो र चिसो पानी आउने सुबिधा सहितको शुद्व खानेपानीको ब्यबस्था मिलाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !