१० जनामा कोरोना पुष्टि
नेपालगञ्ज – बाँकेमा एकै दिन दश जनामा कोरोना पुष्टि भएको छ ।
जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, भेरी अस्पतालमा २१ जनाको परीक्षण गर्दा आठ जना र जमुनाहा नाकामा दुई जना गरी दश जनामा कोरोना पुष्टि भएको छ ।
भेरीमा कोरोना पुष्टि भएकामध्ये चार जना बाँके जिल्ला निवासी छन् भने चार जना बाहिरी जिल्लाका छन् ।
बाँकेमा अहिले ४३ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् ।