बकर ईदमा सार्वजनिक बिदा
नेपालगञ्ज – सरकारले असार २६ गते सार्वजनिक बिदा दिएको छ ।
मुस्लिम धर्मावलम्बीको पर्व बकर ईद (इद अल अजहा) परेकाले २६ गते सार्वजनिक बिदा दिइएको हो ।
गृह मन्त्रालयले सूचना निकालेर उक्त जानकारी दिएको छ । बाँकेलगायतका जिल्लामा बाक्लो बसोबास रहेको मुस्लिम समुदायले बकर ईद धुमधामले मनाउने गर्दछन् ।