दश वर्षपछि किशोरीको भारतबाट उद्धार

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ की १६ वर्षीया किशोरीको भारतबाट उद्धार गरिएको छ ।
६ वर्षको हुँदा मामाले चोरेर लगिएकी बालिकालाई १० वर्षपछि उद्धार गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष सुनिलसिंह हमाल, उपमहानगरपालिकाको महिला विकास अधिकृत पवित्राकुमारी पुरी, शक्ति समूहकी निर्मला पौडेल, सल्मान सल्मानीलगायतको टोलीले भारतको अल्मोडाबाट किशोरीको उद्धार गरेको हो । केही वर्षदेखि किशोरी अल्मोडा जिल्लाको राजकीय बालगृहमा रहेकी थिइन् ।
किशोरीलाई आइतबार औपचारिक रुपमा आमाको जिम्मा लगाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !