आगलागीमा परेर ६२ वटा बाख्रा मरे


नेपालगञ्ज – बाँकेको जानकीमा रहेको कृषि अनुसन्धान निर्देशनालय, लुम्बिनी प्रदेशको बाख्रा अनुसन्धान इकाईमा आगलागी हुँदा ६२ वटा बाख्रा मरेको छ ।
विद्युत सर्ट भएर बाख्रा अनुसन्धान इकाईमा आगलागी भएको थियो । आज विहान तीन बजे आगलागी हुँदा ६२ वटा बाख्रा मरेको हो । बाख्रा अनुसन्धान इकाईको खोर नम्बर १ मा ८३ वटा बाख्रा थिए । त्यसमध्येमा २८ वटा ठूला र ३४ वटा पाठापाठीको मृत्यु भएको छ । २१ वटा बाख्रालाई उद्धार गरिएको छ ।


स्थानीयवासी र त्यहाँका कर्मचारीले विहान ६ बजे आगो निभाएका थिए । घटनाको बारेमा अनुसन्धान भइरहेको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !