बर्दियामा अागलागीमा परेर चार जनाकाे मृत्यु
नेपालगञ्ज – बर्दियामा अागलागीमा परेर ४ जनाकाे मृत्यु भएकाे छ ।
बर्दिया प्रहरी प्रवक्ता डीएसपी तुलसीराम अर्यालका अनुसार, गुलरिया नगरपालिका वडा नम्बर ४, तुलापुरमा अागलागी हुंदा ८ वर्षकाे क्रिस चन्द, १८ महिनाकाे कार्तिक चन्द, १० वर्षकाे मानषी बुढा र ३५ वर्षका राधा बुढाकाे मृत्यु भएकाे छ । अागलागीमा परेर २८ वर्षीया करिष्मा चन्द घाइते भएकी छन् ।
गएराती घरमा अागाे ताप्ने क्रममा घरमा अागाे लागेकाे बताइएकाे छ । यसबारेमा प्रहरी अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।