नेपालगञ्जमा दिनदिनै माेटरसाइकल चाेरी


नेपालगञ्ज – नेपालगञ्जमा दैनिकजसाे माेटरसाइकल चाेरी हुने गरेकाे छ ।
घरमै ह्याण्डल लक गरेर राखेकाे माेटरसाइकल चाेरी भइरहेका छन् ।
सीमावर्ती शहर भएकाले यहाँ चाेरी गरिएका माेटरसाइकल तुरुन्तै भारतमा पुग्ने र माेडिफाई भएर भित्रिने गरेकाे जानकारहरु बताउंछन् ।
असाेज र कात्तिकमा २० वटा माेटरसाइकल हराएकाले खाेजबिनका लागि प्रहरीमा निवेदन परेकाे छ । त्यसमध्ये ५ वटा प्रहरीले फेला पारेकाे छ ।
प्रहरी प्रवक्ता डीएसपी नारायण डांगीले चार जना चाेरलाई समातेर मुद्दा चलाइएकाे बताए ।


error: यो सुविधा उपलब्ध छैन !