धम्बोझीमा ब्याडमिन्टन प्रशिक्षण केन्द्र उद्घाटन
नेपालगञ्ज – नेपालगञ्जको वडा नं. १, धम्बोझीमा ब्याडमिन्टन प्रशिक्षण केन्द्र बनेको छ । एक करोड १५ लाख रुपैयामा तयार भएको ब्याडमिन्टन प्रशिक्षण केन्द्रको सोमबार पूर्वमन्त्री मो. इस्तियाक राईले उद्घाटन गर्नुभयो ।
मो. इस्तियाक राई मन्त्री हुँदा त्यहाँ बजेट छुट्याइएको थियो । वडा नं. १ का अध्यक्ष प्रमोद रिजालका अनुसार, शहरी विकास मन्त्रालयको ६६ लाख, नेपालगञ्ज उपमहानगरपालिकाको ३४ लाख र वडा नं. १ को १५ लाख रुपैयामा ब्याडमिन्टन प्रशिक्षण केन्द्र तयार भएको हो ।
प्रशिक्षण केन्द्रमा विहान जसले पनि खेल्न पाउँछ । साँझा भने स्कूल र बालबालिका केन्द्रित भएर प्रशिक्षण दिइने वडाध्यक्ष रिजालले बताउनुभयो ।
ब्याडमिन्टन प्रशिक्षण केन्द्र उद्घाटन कार्यक्रममा प्रदेश सभासद रत्न खत्री, नेपालगञ्जका मेयर प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले शुभकामना मन्तब्य राखेका थिए । सो अवसरमा धम्बोझीमा बसेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेका राजुराज शाही, सन्दीप सिंह, रमेश मल्ल, लक्ष्मण थापामगर, लक्ष्मी गुरुङ, राजु थापामगर, अशोककुमार पुनमगरलाई सम्मान गरिएको थियो ।
उद्घाटनका क्रममा पूर्वमन्त्री राई र मेयर विष्ट, प्रमुख जिल्ला अधिकारी आचार्य र वडाध्यक्ष रिजालको जोडी बनेर मैत्रीपूर्ण ब्याडमिन्टन खेल खेलेका थिए ।