९ कोठे भवनको शिलान्यास


डुडुवा – बाँके डुडुवा गाउँपालिका–२ स्थित श्री पशुपति माध्यमिक विद्यालय नौरीगौढीमा नयाँ भवन निर्माण शुरु भएको छ ।

तीन तल्ले ९ कोठे भवनको निर्माण कार्य शुरु भएको हो ।
एक समारोहका विच डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिलान्यास गर्दै शिक्षाको गुणस्तरियताका लागि विद्यालयको पूर्वाधारको आवश्यकता रहेको भन्दै पालिकाभित्र रहेका विद्यालयहरुको अवस्था सुधारका लागि विशेष जोड दिनुभयो ।
अध्यक्ष चौधरीले उच्च शिक्षा हासिल गर्नका लागि पालिकाभित्र क्याम्पस स्थापनाका लागि तयारी भइरहेको भन्दै क्याम्पस सञ्चालनका लागि विद्यालयको अवस्था र अन्य पूर्वाधारको व्यवस्थापन गरिरहेको बताउनुभयो ।
गाउँपालिकाको आर्थिक सहयोगमा एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि एक करोड २९ लाख ३२ हजार ४ सय ८२ को लागतमा जारा इन्जिनियरिङ्ग कन्स्ट्रक्सन कोहलपुरले ठेक्का पाएको छ ।
विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई अध्ययन गर्न कक्षाकोठाको समस्या भएपछि भवन निर्माण थालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयकुमार यादवले बताउनुभयो । उहाँका अनुसार विद्यालयमा रहेका पुराना भवनहरुसमेत जिर्ण अवस्थामा रहेकाले कक्षा कोठाको अभाव भएपछि नयाँ भवन निर्माण गर्न लागिएको हो ।
सोही विद्यालयमा थप ३ कोठे भवन अहिले निमार्णाधिन रहेको छ । एक महिनाभित्र भवन निर्माण सम्पन्न हुने गाउँपालिकाका इन्जिनियर सुरेन्द्र बर्माले बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !