महाआरतीमा आउनेलाई होटलमा छुट

नेपालगञ्ज – नेपालगञ्जका होटलहरुले बागेश्वरी मन्दिरमा हरेक सोमबार हुने महाआरतीमा आउने भक्तजनलाई छुटको व्यवस्था गरेका छन् ।

होटल व्यवसायी संघले सोमबार राती होटलमा बस्न आउने पाहुनालाई छुटको प्याकेज अघि सारेको हो । सात वटा होटलले महाआरतीमा आएका पाहुना बस्न आएमा छुट दिने सार्वजनिक गरेका छन् ।

संघका अध्यक्ष रंगबहादुर खड्काका अनुसार, कुनै होटलले कोठामा ५० प्रतिशत छुट दिएका छन् भने कुनैले खाना निशुल्क भनेका छन् ।
बागेश्वरी मन्दिरमा हरेक सोमबार महाआरती शुरु भएपछि धार्मिक पर्यटक आउने क्रम बढेको छ । होटल सञ्चालकले टाढाबाट आएका भक्तजनलाई लक्षित गरेर प्याकेजको कार्यक्रम अघि सारेको जनाएका छन् ।

आर्थिक बन्दीका कारण कारोबारमा गिरावट आएपछि होटल सञ्चालकले प्याकेज अघि सारेका हुन् । प्रचार प्रसार हुन सकेमा नजिकको भारतबाट पर्यटक आउने र उनीहरुलाई कम्तीमा एक दिन नेपालगञ्जमा बसाउन सकेमा केही चहलपहल हुने होटल सञ्चालक भीम कँडेलको बुझाई छ ।


error: यो सुविधा उपलब्ध छैन !