जेसीज सप्ताहमा विविध कार्यक्रम

नेपालगञ्ज – नेपालगञ्ज जेसीजले शुरु गरेको सप्ताहव्यापी कार्यक्रम अन्तिम चरणमा पुगेको छ ।

बैशाख १ गते बागेश्वरी मन्दिरमा सरसफाई गरेर कार्यक्रमको शुरुवात गरिएको थियो । सप्ताहव्यापी कार्यक्रम मनाउने क्रममा जेसीजले रक्तदान, ट्राफिक सचेतना, लागु औषधीविरुद्ध सचेतना, स्वास्थ्य शिविर, मैत्रीपूर्ण फुटसल आयोजना गरेको थियो ।

नेपाल पत्रकार महासंघ, बाँके र जेसीजसम्बद्धका बीचमा फुटसल आयोजना गरिएको थियो । कार्यक्रमका संयोजक बादलबाबु शर्माका अनुसार, रोमाञ्चक बनेको मैत्रीपूर्ण फुटसलमा पत्रकारले बाजी मारेका थिए ।

बैशाख १६ गते जेसीज सप्ताह समापन गर्ने कार्यक्रम रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !