हतियारसहित पक्राउ परेका बोगटीविरुद्ध गहिरो अनुसन्धान गर्दै प्रहरी

नेपालगञ्ज – हतियारसहित पक्राउ परेका गणेश बोगटीलाई अभद्र व्यवहारमा मुद्दा चलाइएको छ ।

बाँके बैजनाथ गाउँपालिकाका बोगटीले सार्वजनिक स्थलमा ‘पोइन्ट टुटु बन्दुक’ प्रदर्शन गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

बाँके प्रहरी प्रमुख एसपी सन्तोष राठौरले बोगटीलाई अभद्र व्यवहारमा मुद्दा चलाएर अनुसन्धान थालेको बताउनुभयो । अभद्र व्यवहारमा मुद्दा लगाएर अनुसन्धान थालेका छौं । अनुसन्धान गर्दै जादा अरु भेटिए, थप मुद्दा लाग्छ, एसपी राठौरले भन्नुभयो ।

नेपालगञ्जको एक होटल परिसरमा टिकटक बनाउदा बोगटीको हातमा हतियार देखिएपछि प्रहरीले गएराती उनलाई पक्राउ गरेको थियो । बरामद भएको बन्दुकको लाइसेन्स रहेको छ । डन चक्रे मिलनको समूहमा हिड्ने गरेको बताइएपछि प्रहरीले बोगटीविरुद्ध गहिरो अनुसन्धान थालेको छ ।


error: यो सुविधा उपलब्ध छैन !