नाकामा सात जनामा देखियाे काेराेना

नेपालगञ्ज – नेपालगञ्ज नाकामा सात जनामा काेराेना देेखिएकाे छ ।

भारतकाे दिल्ली गएर फर्किएका दैलेखका चार पुरुष र तीन महिलामा काेराेना देखिएकाे नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले जानकारी दिए ।

वलीका अनुसार, याे महिनामात्रै नेपालगञ्ज नाकामा १७ जनामा काेराेना देखिएकाे छ ।

भारतका विभिन्न शहरमा गएर फर्किएका नेपालीकाे नेपालगञ्ज नाकामा काेराेना जाँच हुने गर्दछ । शुक्रबार काेराेना देखिएकाहरुमा सामान्य रुघाखाेकी देखिएकाे छ । उनीहरुलाई स्थानीय पालिकासंग समन्वय गरेर हाेम अाइसाेलेसनमा बस्ने गरि पठाइएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !