‘माउन्टेन बाइक च्यालेन्ज’ हुने

नेपालगञ्ज – बाँकेमा लुम्बिनी प्रदेशस्तरीय ‘माउन्टेन बाइक च्यालेन्ज’ हुने भएको छ ।

बाँके जिल्ला साइक्लिङ संघकाे अायाेजनामा शनिबार गाभरमा च्यालेन्ज हुन थालेको हो । बाँकेमा भएको आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको बेला बनेको ट्रेलमा च्यालेन्ज हुन थालेको छ । आठौपछि जीर्ण बनेको ट्रेललाई मर्मत गरिएको छ ।

संघका अध्यक्ष गगन थापाले दाङ, रुपन्देही र बाँकेका १८ जना खेलाडी प्रतियोगितामा सामेल हुने जानकारी दिनुभयो । त्यसमा ७ जना महिला प्रतियोगी रहेका छन् । प्रतियोगिताको विजेतालाई १५ हजार, १० हजार र ५ हजार पुरस्कार राखिएको छ ।

खेलकुद पर्यटनको विकास गर्ने उद्देश्यले संघले यस्ता विविध कार्यक्रम गर्दै आएको छ ।


error: यो सुविधा उपलब्ध छैन !