डुडुवामा खोप लगाउन छुटेकालाई पहिचान गरिदै


डुडुवा – बाँकेको डुडुवा गाउँपालिकामा पूर्ण खोप सुनिश्चितताका लागि रणनीतिक कार्ययोजना तयार पारिएको छ ।

यही चैत्रमसान्तसम्म पालिका अन्र्तगत सम्पूर्ण घरधुरी सर्भेक्षण गरि खोप लगाउन छुटेका बालबालिकाहरुको संख्या पहिचान गर्ने, प्रत्येक वडामा स्वास्थ्यकर्मीको टोली परिचालन गरिने र पहिचानबाट छुटेका बालबालिकाहरुको संख्या पत्ता लागेपछि सबैलाई खोप लगाउने कार्ययोजना तयार पारिएको हो ।

डुडुवा गाउँपालिका स्वास्थ्य शाखाद्धारा आयोजित पूर्ण खोप सुनिश्चितता र दिगोपना सम्वन्धी पालिकास्तरिय योजना तर्जुमा गोष्ठीमा उक्त योेजना तयार गरिएको स्वास्थ्य शाखा प्रमुख निमित्त प्रमुख प्रशासकिय अधिकृत धनबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार, गाउँपालिका पूर्ण खोप घोषणा भएपनि प्रत्येक वर्ष खोप लगाउन छुट्ने गरेका बालबालिकाहरुको पहिचान गरि सबैलाई खोप लगाएपछि मात्र सुनिश्चिता गर्ने प्रक्रिया रहेको छ ।

कार्यक्रममा वडाध्यक्षहरु मोहनराम मिश्र, आमोद तिवारी, झंकबहादुर थापा, स्वास्थ्य चौकी इन्चार्ज तथा फोकलपर्सन लगायतको सहभागिता रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !