उत्साहजनक देखिएन आम औषधी सेवन अभियान

नेपालगञ्ज – स्वास्थ्यकर्मीले जोडबल गरिरहे पनि नेपालगञ्जमा हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन अभियान उत्साहजनक देखिएको छैन ।

स्थानीयले औषधी सेवनमा रुची नदेखाएपछि स्वास्थ्यकर्मीको जोडबलले खासै काम गरेको तथ्यांकले देखाएको छैन ।

दिनभरी दौडधुप गर्दा कतिपय वडामा सय आसपासमा मात्रै औषधी खुवाउन सकिएको छ । नेपालगञ्जको वडा नं. ३ मा पहिलो दिन एक सय १६ र दोस्रो दिन एक सय ३४ जनाले औषधी खाएका छन् । अभियानको शुरुवात नै यही वडाबाट भएको थियो भने प्रदेश सांसददेखि जिल्ला समन्वय समितिका संयोजक, मेयर, सिडिओले यही वडाबाट औषधी खाएका थिए । जिल्लाका विशिष्ट व्यक्तित्वहरुले आएर औषधी खाएको वडाको कभरेज दयनीय देखिएको छ ।

वडा नं. १६ को अवस्था उस्तै छ । यो वडामा पहिलो दिन एक सय ३३ र दोस्रो दिन एक सय ५५ जनाले औषधी खाएका छन् । वडा नं. ७ मा पहिलो दिन एक सय ३५ र दोस्रो दिन दुई सय ५६, वडा नं. १९ मा पहिलो दिन एक सय ४२ र दोस्रो दिन दुई सय ४१, वडा नं. ५ मा पहिलो दिन तीन सय ६४ र दोस्रो दिन ७९ जना, वडा नं. ११ मा पहिलो दिन २ सय ८५ र दोस्रो दिन एक सय १८ जनाले औषधी खाएका छन् ।

पहिलो दिन सबैभन्दा धेरै वडा नं. १८ मा एक हजार एक सय ८९ जना र वडा नं. १० मा एक हजार ८९ जनाले औषधी खाएका छन् । यही वडामा दोस्रो दिनमा आइपुग्दा खानेको संख्या घटेको छ । वडा नं. १८ मा दोस्रो दिन ५ सय ७३ र वडा नं. १० मा दोस्रो दिन ७ सय ५२ जनाले औषधी खाएका छन् ।

बाँकेमा फाल्गुन ११ गतेदेखि १३ औं चरणको आम औषधी सेवन अभियान शुरु भएको छ । फाल्गुन मसान्तसम्म नै औषधी खुवाउने रणनीति रहेको छ । शुरुवाती दुई दिनको कभरेज कमजोर भएपनि सुध्रिदै जाने स्वास्थ्यकर्मीले आशा गरेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !